काठमाडौँ, १ चैत ।  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ ।

कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ ।

Advertisement

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरहेको जानकारी गराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!