रुपन्देही, २८  फागुन । रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

बगैंचाभित्र फूल टिप्न लागेको बेला रसिदले बलात्कारको प्रयास गरेपछि चिच्चाएकी ती बालिकाको प्रहरीले उद्धार गरेको थियो ।

पक्राउ परेका रसिद कपिलवस्तुको सुद्धोधन गाउँपालिकामा रहेको इँट्टा उद्योगका मजदुर रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!