देवकला कार्की/संगालोखबर

धनकुटा,२५ फागुन । प्रादेशिक औधोगिक व्यापार मेला तथा कृर्षि प्रदशनी एवं चौथो धनकुटा महोत्सव चार दिनको अवधीमा १० हजार आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेका एवं २० लाख बराबरको कारोबार भएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ ।

Advertisement

नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, स्थानिय उद्योगवाट उत्पादित वस्तु भन्दा बाह्रिय उत्पादित बस्तु बढि रहेकाछन् । विहान र दिउसोको समयमा भन्दा पनि वेलुकाको समयमा महोत्सव अवलोकन तथा सांगितिक प्रस्तुतिमा रम्न आउनेको भिड हुने गरेको प्रचार समितिका संयोजक विजय सन्तोषी राईले बताए ।

आगामि फागुन ३० गते सम्म सञ्चालन हुने प्रादेशिक औधोगिक व्यापार मेला तथा कृर्षि प्रदशनी एवं चौथो धनकुटा महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने तथा तिन करोड भन्दा वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा खाद्यन्न परिकार सहित एक सय ५६ओटा स्टल राखिएको छन् ।

औद्योगिक, व्यापारिक, हस्तकला, कृषि जन्य वस्तु तथा जुडिवुटि लगाएत घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कला,संस्कृति झल्कने वस्तुहरुको प्रर्दशनीमा राखिएको छ । कृषि, पर्यटन, स्वास्थय, शिक्षा, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत प्रदेश न.१ को आर्थिक विकासको आधार भन्ने नारा सहित प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सवको आयोजना गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य सघं धनकुटाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासघं धनकुटाको सह आयोजनामा औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव सञ्चालन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!