सुरुङ्गा (झापा), २३ फागुन । झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन ।

Advertisement

झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङले प्रहार गरेका थिए । उक्त प्रहारलाई हेडमार्फत लेप्चाले पोष्टको जाली चुमाएका थिए ।

सिक्किमले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै झापाका स्ट्राइकर खमिर गिल्सन कन्दङवाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । १–१ को बराबरी रहेको झापाले अर्काे गोल उपहारमार्फत पाएको थियो ।

खेलको ४२ औँ मिनेटमा विश्वास श्रेष्ठको क्रस पासमा डि एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच हँुदै गोल भएपछि झापाको अग्रता दोब्बर भएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच बिजेता टीम झापा ११ का विश्वास श्रेष्ठ घोषित हुँदै रु २५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

बिहीबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको बिजेताले रु १२ लाख ५१ हजार, उपबिजेताले छ लाख र ट्रफी पाउने आयोजक समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!