काठमाडौँ, २३ फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जेठो संकाय मानविकी तथा सामाजिक शास्त्र संकायले यो शैक्षिक सत्रदेखि खेलकुद विज्ञान, पर्यटन तथा आतिथ्य अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

द्वितीय श्रेणीमा स्नातक तहमा उत्तीर्ण भएका विद्यार्थी, ती दुवै कार्यक्रममा आवेदन गर्न योग्य भएका जनाउँदै मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका कार्यालयले आजै एक सूचना जारी गरी भर्नाका निम्ति आह्वान गरेको छ ।

नेपालको अर्थतन्त्र र संस्कृति समेतका क्षेत्रमा पर्यटन महत्वपूर्ण विषयका रुपमा रहेको तथा खेलकुदका माध्यमबाट मुलुकको विकासलाई टेवा पुग्ने र प्राज्ञिक शैक्षिक पक्षमा उच्चस्तरीय जनशक्ति उत्पादनमा सघाउनो उद्देश्यले ती कार्यक्रम सञ्चालन हुन लागेको उक्त कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!