काठमाडौं,२१ फागुन। सोमबार काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ ।

Advertisement

सोमबार अपरान्ह साढे ५ बजेपछि उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको हो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् ।

यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरु गरेको हो ।

टुँडिखेलमा अब्बासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका प्रधानमन्त्री अब्बासीलाई सोमबार विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका थिए ।

अब्बासीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार होटल सोल्टीमा रात्रीभोज आयोजना गरेका छन् ।

दुई प्रधानमन्त्रीबीच होटल सोल्टीमा सोमबार नै भेटवार्ता गर्ने कार्यक्रम छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार स्वदेश र्फकनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्रीको बस्ने व्यवस्था हयात होटलमा मिलाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!