मंगलबारे, इलाम, २१ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पूर्वाञ्चलबाट सहभागी भई उपविजेता हुनुहुने इलामका खेलाडीलाई सदरमुकाम इलाममा आज एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवशको उपलक्ष्यमा उहाँहरुलाई सम्मान गरिएको हो ।

जिल्ला युवा समिति इलामको आयोजनामा भएको कार्यक्रममा खेलाडीहरु पुष्पा मगर, जानुका खवास र संगम तामाङलाई सम्मान पत्र प्रदान गरिएको थियो । उहाँहरुलाई १ नं प्रदेशका सांसद रामबहादुर रानाले दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो ।

Advertisement

डा ताना शर्मा सम्मानित 

वरिष्ठ साहित्यकार तथा लेखक तारानाथ शर्मालाई आइतबार इलाम सदरमुकाममा एक कार्यक्रमबीच सम्मान गरिएको छ । जन्मथलो इलाममा उहाँलाई प्रगतिशील लेखक संघ (प्रलेस) इलाम शाखाले सम्मान गरेको हो । विसं १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मिनुभएका साहित्यकार शर्मा नेपाली र अंग्रेजी भाषाका ज्ञाता मानिनुहुन्छ ।

साहित्यकार शर्माले २०१८ सालमा प्रगतिशील लेखक संघमा समेत काम गर्नुभएको थियो । इलाम जिल्लाबाट प्रसिद्ध मदन पुरस्कार प्राप्त गर्ने चार जना साहित्यकारमध्ये शर्मा पनि एक हुनुहुन्छ । मदन पुरस्कार प्राप्त गर्ने अन्य इलामे साहित्यकारमा महानन्द सापकोटा, जनकराज शर्मा र युवराज नयाँघरे हुन् । प्रलेस इलाम शाखाका अध्यक्ष डा देवी क्षेत्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नं २ (क) का प्रदेश सभासद् राम राना, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, इतिहासविद् युद्धप्रसाद वैद्य, प्रलेसका पुन्य घिमिरे, बुद्धि घिमिरे, स्मृति प्रतिष्ठानका अधयक्ष टीका घिमिरे, भानु प्रतिमा संरक्षण तथा साहित्य समितिका अध्यक्ष बिमल वैद्यलगायत अन्य साहित्यकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!