काठमाडौं, २० फागुन। एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत  विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको छ। क्विन्स स्पोट्र्स क्लबमा नेपालले फिल्डिङको निम्तो दिएको छ ।

आजको खेलमा नेपाली टोलीमा बलर ललित नारायण राजवंशीले डेब्यू गर्दैछन् । उनी करण केसीको स्थानमा टिममा आएका छन् । अब सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि छन् ।

जिम्बाबेविरूद्ध बलिङ गरिरहेको नेपालले पहिलो विकेट लिएको छ।

नेपालका लागि वसन्त रेग्मीले विकेट लिएका हुन्। उनले ४१ रन बनाएका  जुआओलाई आउट गरेका हुन्।

क्विन्स स्पोर्टस् क्लबको मैदानमा टस हारेको नेपालले पहिला फिल्डिङ गरेको हो।

नेपाली टिममा  पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी,आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी रहेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!