काठमाडौं, १९ फागुन । लुम्बिनीमा वार्षिक पर्यटक आगमनमा कमी भइरहेको बेला प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बार्षिक ५० लाख पर्यटक भित्रयाउने बताएका छन् ।

Advertisement

सो कुरा उनले आज शनिवार बुद्धजन्म स्थल लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा खुल्ला दिसामुक्त समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन् ।

आफनो जिम्मेवारी सम्हालेको पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनीमा सार्वजनिक समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा बार्षिक ५० लाख पर्यटक भित्र्याई अर्थिक सम्बृद्धिको ढोका खोल्ने पाँच नं. प्रदेशको प्रमुख लक्ष्य समेत रहेको खुलासा गरे ।

मुख्यमन्त्री पोखरेलले भारत हँुदै लुम्बिनी आई एक घण्टामा पुनः भारतमै गई बासबस्ने पर्यटकहरुको परिपाटी अन्त्य गर्न लुम्बिनीभित्र र लुम्बिनी बाहिरका जनतालाई जोडेर स्थानीय उत्पादन अन्तर्राष्ट्रिय स्तरबाटै शुरुआत गर्नुपर्ने बताए ।

उनले  लुम्बिनी बृहत्तर क्षेत्रको बिकासका लागि रुपन्देही, कपिलबस्तु तथा नवलपरासीमा मेट्रो ट्रेन गुडाउने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा रुपन्देही निर्बाचन क्षेत्र नं. ६ प्रदेश ख का प्रदेश सदस्य भूमिश्वर ढकालले लुम्बिनी बिकासका नाममा आउने बजेट पहिला जस्तो दुरुपयोग हुन नदिन सरोकारवालाले प्रभावकारी ढंगबाट अनुगमन गर्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रियसभा सदस्य दुर्गा प्रसाद उपाध्याय प्रदेश सदस्यहरु फकरुद्दीन मुसलमान,अष्टभुजा पाठक लुम्बिनी नगरप्रमुख मनमोहन चौधरी, कार्यकारी अधिकृत मोहनपौडेल,स्थानीय महिलानेत्री लक्ष्मीमिश्रा लगायतले शुभकामना मन्तज्य राखेका थिए ।

स्मरणहोस आर्थिक बर्ष २०७३–७४ मा २२ लाख २६ लाख तीन सय ३४ रुपैयाँ निकासा गरी नौ हजार नौ सय २१ घरधूरीमा चर्पी निर्माण गराई सकेपछि खुल्ला दिसामुक्त नगरपालिका क्षेत्र घोषणा गरिएको नगरपालिकाको दाबी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!