एजेन्सी

एउटा भारतीय पत्रिको कभर पृष्ठमा छापिएको मोडलको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । बच्चालाई निवस्त्र स्तनपान गराइरहेको एउटा भारतीय मोडलको फोटोले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । तस्वीरलाईको विषयलाई लिएर थुप्रै टिकाटिप्पणी उठिरहेका छन् । केरलाबाट प्रकाशित ‘घरलक्ष्मी’ पत्रिकाको कभरमा मोडेल गिलु जोसफले आफ्नो छातीमा बच्चालाई दूध चुसाएको देखाउँदै क्यामरामा हेरिएको तस्वीर छ ।

तस्वीर सैग लेखिएको छ, मा केरलबाट भन्दैछ ‘हामी स्तनपान गर्न चाहन्छौ ।’ अर्थात सार्वजनिक स्थलमा स्तनपान गर्न चाहन्छौ । मानौ कि यो पहिलो पल्ट भारतीय पत्रिकाले कुनै महिला स्तनपान गराउँदै गरेको तस्वीर कभर पृष्ठमा छापेको तस्वीर हो भन्ने तरीकाबाट बहस चलाइएको छ । गृह लक्ष्मीका सम्पादक मोंसी जोसफको दाबी छ ‘हरेक आमाहरुलाई सार्वजनिक स्थानमा स्तनपान गराउन प्रेरित गर्ने उद्देश्यले तस्वीर छापिएको हो ।’

Advertisement

 

उनले भने ‘१ महिना अघि एउटा व्यक्तिले स्तनपान गराउँदै गरेकी श्रमतिको तस्वीर फेजबुकमा पोष्ट गरेका थिए । उनको इच्छा थियो कि सार्वजनिक स्थानमा आमाले स्तनपान गराउन सकारात्मक वहस छेडोस्, हामीले त्यही एजेण्डा स्थापित गराउन एउटा मोडल मार्फत यो इस्यू बाहिर ल्याउन खोज्यौं ।’ भारत लगायत हिन्दु संस्कार भएका मुलुकमा सार्वजनिक स्थलमा यसरी खुला रुपमा स्तनपानलाई समाजले स्वीकारेको छैन् । यो इस्यू छापिएपछि पत्रिकाको पक्ष र विपक्षमा धेरै कमेन्ट आएका छन् । मोडलको आलोचना पनि उत्तिकै भएको छ ।

एउटा ब्लगर अंजना नायरले लेखे‘वास्तविक स्तनपान गर्ने आमाहरुको तस्वीर भित्र पेजमा छाप्ने तर निवस्तत्र स्तनपान गराइरहेकी मोडलेको फोटो कभर पृष्ठमा साज/सज्जापूर्वक सनसनी पाउनु र सौन्दर्यको शोषण वाहेक केही पनि होइन ।’

तर सम्पादक जोसफले त्यसको बचावट गरेका छन् । उनले भने ‘यो तस्वीरको आलोचनाबारे हामी पूर्व सचेत थियौं,हाम्रो सरोकार यत्ति हो कि सार्वजनि स्थानमा स्तनपान सहज र सर्व स्वीकार्य होस ।’ कतिपय भारतीय आमाहरु भगवान रिसाउछन भनेर सार्वजनिक स्थानमा बच्चालाई स्तनपान गराउँदैनन् । केरलका चर्चित लेखक पल जकरियाले यो नयाँ कदम भएको टिप्पणी गरे । न्यूज २४ बाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!