काठमाडौं, १८ फागुन। पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

Advertisement

अब्बासी २१ गते आउने र २२ गते फर्कने कार्यक्रम छ। अब्बासीको भ्रमणबारे परराष्ट्र मन्त्रालयमा भने जानकारी आइनसकेको परराष्ट्रका अधिकारीले बताए । अब्बासी भ्रमणका थप कार्यक्रमबारे खुलाइएको छैन।

फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन्देशमार्फत बधाई दिएका थिए।

यसअघि कुनै देशका प्रधानमन्त्री यसरी भेटेरै बधाई दिन आएका थिएनन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!