काठमाडौं, १५ फागुन । विश्वकप छनोटको अभ्यास खेलमा नेपालद्वारा यूएई ५ विकेटले पराजित भएको छ ।

Advertisement

२९ ओभरमा छोट्याइएको खेलमा यूएईले १७२ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले अन्तिम चार बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो ।

नेपालको सुरुवात राम्रो रहेन । १६ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ३९ रन बनाउँदा तेस्रो विकेट गुमाइसकेका थियो । थप ३० रन जोड्दा कपतान पारस खड्का पनि व्यक्तिगत २८ रनमा आउट भए । तर, शरद भेषावकरले पाँचौं विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ५७ रनको साझेदारी गरे ।

दिपेन्द्र ४१ रनमा आउट भए । त्यसपछि अरिफ शेखले शरदसँग मिलेर जित दिलाए । शरद ४१ रनमा अविजित रहँदा आरिफले नटआउट २३ रन बनाए ।

नेपालका ललित सिंह भण्डरी एक्लैले ४ विकेट लिए भने करण केसीले ३ विकेट हात पारे । ललित नारायण राजवंशीले २ विकेट लिँदा पारस खड्काले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाएको थियो । उसले पछिल्लो २ ओभरमा मात्र ५ विकेट गुमायो । २९ औं ओभरमा करण केसी एक्लैले तीन विकेट लिएका थिए । अस्फाक अहमदले सर्वाधिक ४२ रन बनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!