काठमाडाैँ, १४ फागुन । रङमा विभिन्न किसिमका केमिकल प्रयोग गरिने भएकाले यसले छालामा विभिन्न प्रकारका समस्या उत्पन्न गराउन सक्छ । त्यसकारण होली खेल्नुअगाडि यसबारे ध्यान दिन ब्युटिसियन सुझाउँछन् । रङले छालालाई गर्ने असरबाट बचाउन केही सरल उपाय अपनाउन सकिने ब्युटिसियन वन्दना राईको भनाइ छ।

उनका अनुसार नरिवलको तेल, चिउरीको घिउ, जैतुनको तेल एकै ठाउँमा मिसाएर पेस्ट बनाई शरीरमा लगाई तीन मिनेट मसाज गर्नुपर्छ । मिक्स तेलको पेस्टले छालालाई चिल्लोपना दिइराख्छ । मिक्स तेलको पेस्टलाई छालामा लगाएपछि सन ब्लक क्रिमको प्रयोग गर्दा फाइदा हुने ब्युटिसियन राईको भनाइ छ ।होलीमा विभिन्न प्रकारका रङले कपाल बिगार्न सक्ने भएकाले यसको स्याहार गर्नु आवश्यक रहेको ब्युटिसियन बताउँछन्।

Advertisement

रङमा प्रयोग गरिएको केमिकलले कपाललाई रुखो र ड्यामेज बनाउँछ । ब्युटिसियन राई तोरी, रोजमेरी र जैतुन तथा नरिवलको तेल मिसाएर टाउकोमा पाँच मिनेट मालिस गर्न सुझाउँछिन् । होली खेल्नुअगाडि कपाल नुहाए रङको असर कम हुने उनको भनाइ छ । होलीमा टाउकोलाई स्कार्फ वा ब्यान्डले छोपे पनि कपालको सुरक्षा गर्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!