
काठमाडाैँ, १४ फागुन । टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी आज सोमवार कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन ।
२०७२ भदौ ७ गतेको टिकापुर घटनाका मुख्य आरोपी चौधरी प्रहरीकाे सर्वाधिक खोजी सूचीमा थिए । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित आठ जना मारिएका थिए ।
फरार अवस्थामा रहेका चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचन लडेका थिए । विजयी भएपछि उनलाई प्रमाणपत्र दिन निर्वाचन आयोगले अस्वीकार गरेको थियो । उनले अाफ्नी श्रीमतीलाई वारेसनामा दिएर प्रमाणपत्र लिन अनेक प्रयास गरेपनि प्रमाणपत्र पाएका थिएनन् ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।















