काठमाडौँ, १२ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा लोपोन्मुख बन्दै गएको गन्धर्व जातिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गन्धर्व समाजले आज यहाँ आयोजना गरेको १२औँ सारङ्गी दिवसको उद्घाटन गर्दै उहाँले उनीहरुको संस्कृति संरक्षणको अभावमा हराउने खतरा रहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

Advertisement

सबै जाति समुदायको भाषा, संस्कृति, रीतिरिवाज, परम्पराको जगेर्नाका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउँदै नेता गौतमले गन्धर्वको उत्थानका लागि आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दिवसका संयोजक रुवीन गन्धर्वले सांस्कृतिक हिसाबले गन्धर्व जाति धनी रहेको भए पनि राज्यको कुनै पनि निकायमा उनीहरुको प्रतिनिधित्व हुन नसकेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

सारङ्गी बजाउँदै स्थानीय जनजीवनसँग मेल खाने गीत बजाउने गन्धर्व अहिले देशभर करिब आठ हजार रहेको बताइएको छ । गोर्खा, तनहुँ, लमजुङ, कास्की, पाल्पा, प्यूठान, बागुलुङ, अर्घाखाँची, गुल्मीलगायतका स्थानमा गन्धर्व जातिको बसोबास रहेको छ ।

गोपीलाल गन्धर्व, मंगल गन्धर्व, बुद्धिमान गन्धर्वलगायतले उक्त कार्यक्रममा कर्खा, मंगल धुन, विवाहका धुनलगायतका गीत गाएर सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!