मंगलबारे, इलाम, ९ फागुन । प्र्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।

प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक चिया उत्पादन गर्ने कार्यमा लागिपरेको इलाममा अझै पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित वातावरण सिर्जना गर्न नसकिएको बताउँदै भन्नुभयो, “अब इलाममा वैकल्पिक मलको विकल्प खोज्दै श्रम ऐन लागू गर्न जरुरी छ ।”

Advertisement

“जबसम्म वैकल्पिक मल पाइन्न तबसम्म पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्न सफल होइँदैन”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन क्षमतामा वृद्धि र गुणस्तरीय चिया उत्पादन गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!