सुर्खेत, ७ फागुन ।  सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ ।

बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

Advertisement

पसलका पुस्तक जलेर नष्ट भएपछि वितरणमा समस्या आएको पसलका प्रोपाइटर गणेशबहादुर रोकायाले दुखेसो पोख्नुभयो । “जुम्लाका १६८ सामुदायिक विद्यालयसहित डोल्पा जिल्लाका तल्लो भेकका विद्यालयका लागि पुस्तक वितरणको जिम्मेवारी लिएका थियौँ, दुर्भाग्यवशः क्षति व्यहोर्नुप¥यो,” उहाँले भन्नुभयो । उहाँका अनुसार कक्षा १ देखि स्नातक तहसम्मका पाठ्यपुस्तक र पाठ्य सामग्रीमा बढी क्षति पुगेको छ ।

निजी क्षेत्रबाट रु २५ लाख र जनक शिक्षा सामग्री लिले अहिलेसम्म रु एक करोडभन्दा बढी पाठ्यपुस्तक छपाइ गरिसकेको शिक्षा विभागले जनाएको छ । अपुग भएका पाठ्यपुस्तक फेरि छपाइ गरेर भए पनि एक साताभित्र विद्यार्थीको हातहातमा पु¥याइने शिक्षा विभाग शैक्षिक सामग्री व्यवस्थापन शाखाका शाखा अधिकृत कविराज उपे्रतीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!