धुलिखेल, ७ फागुन ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताउनुभएको छ ।

Advertisement

बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आज प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उहाँले विपक्षलाई पनि सँगै लैजान सके मात्रै उपलब्धि हासिल हुने छ भन्नुभयो ।

कांग्रेस वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न तयार भएको बताउँदै उहाँले एक्लै हिँड्दा आफ्नै पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि एक्लिएको उदाहरण दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!