काठमाडौं,७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको  वार्तामा पार्टी एकताको सहमति जुटेको हो ।

Advertisement

स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । सहअध्यक्ष वा द्वि-अध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउनेछ ।

दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर, अवधि तोकिएको छैन ।

जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् ।

दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिन साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । माओवादी एक नेताले भने, ‘लगभग सबै कुरा मिलेको छ । तलमाथि भएन भने आजै हस्ताक्षर हुन्छ ।’

एमाले उपाध्यक्ष बामदेव गौतमले पनि दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!