बाजुरा, ७ फागुन ।  बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ ।

लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभएको छ ।

Advertisement

उहाँले खडेरीले बढी प्रभावित बनेका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका वासिन्दाले खाद्यान्न माग गरेको प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो ।

प्रजिअ क्षेत्रीले दिएको जानकारीअनुसार चार स्थानीय तहमा सिँचाइ नहुने, हिउँदे बाली नउम्रने र पानीका मूल सुकेर गएका कारण वर्षेनी ५० देखि ६० प्रतिशत उत्पादन घट्दै गएकाले चरम खाद्यान्न अभाव हुनाका साथै भोकमरी हुने सम्भावना देखिएकाले खाद्यान्नको माग गरिएको उहाँको भनाइ रहेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकबाट आपूर्ति मन्त्रालयमा पत्र पठाइसकेको जिल्ला दैवी प्रकोप समितिले जनाएको छ । खडेरी प्रभावित क्षेत्रका लागि कबाडी खाद्य डिपो, कोल्टी खाद्य संस्था र मार्तडी खाद्य संंस्थानमार्फत खाद्य ढुवानीका लागि आवश्यक व्यवस्था गर्न निर्णय गरिएको प्रजिअ क्षेत्रीले राससलाई बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!