एजेन्सी

काठमाडौं, ४ फागुन । मौलाउदै गएको पाश्चात्य प्रचलनको विरुद्व कतै समर्थन त कतै विरोध हुने गरेको छ । यसको समर्थन र विरोध गर्ने शैली पनि आ-आफ्नै हुन्छ । भारतमा यसपटक अनौठो शैलीमा भ्यालेन्टाइन डेको विरोध भएको छ ।

Advertisement

भारतको चेन्नईमा गधा र कुकुरको बिहे गरेर भ्यालेन्टाइन डेको विरोध गरिएको छ । भारत हिन्दू फ्रन्ट नामक समूहले यस्तो अनौठो विरोध कार्यक्रमको आयोजना गरेको हो ।

गधा र कुकुरको बिहे गराएर प्रणय दिवसको विरोध गर्ने व्यक्तिहरुलाई पछि पुलिसले पक्राउसमेत गरेको छ ।

चेन्नइको चूलाई इलाकामा हिन्दू फ्रन्टका कार्यकर्ताहरुले कुकुर र गधालाई फूलमाला लगाइदिएर सडकमा ल्याएर बिहे गरिदिए अनि प्रणय दिवसको विरोधमा नाराबाजी पनि गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!