काठमाडौँ, ३ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

Advertisement

आज साँझ अबेर पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “स्थायी सरकार गठन भएकाले अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन, मन्त्रालयको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कोहीदेखि डराउनुपर्ने अवस्था रहने छैन ।”

यसअघि मन्त्रालयका सचिव प्रकाश माथेमाले विकास र वातावरणलाई सन्तुलन कायम गरी अगाडि बढ्नुपर्ने आवश्यकताबारे मन्त्री पण्डितलाई जानकारी दिनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!