काठमाडौँ, ३ फागुन । चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले  केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताउनुभएको छ ।

Advertisement

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताउनुभएको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!