काठमाडौं, २ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् ।

Advertisement

बुधबार बिहान साढे ११ बजे प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।

राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै राउतले शहीदहरुको सपना पूरा गर्न आफू लागि पर्ने र प्रदेशको विकाशको लागि विपक्षीहरुको समेत साथ र सहयोग लिएर अघि बढ्ने बताए । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्रीको सपथ भोलि हुनेछ । सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!