काठमाडौँ, २९ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपालको छदिने औपचारिक भ्रमणका लागि आउनुभएका संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक आज बेलायत फर्कनुभएको छ ।
नेपाल भ्रमणको क्रममा उहाँले प्रधानसेनापति क्षत्रीसँग भेटवार्ता गर्नुका साथै पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना भएको गोर्खा एटेस्टेसन परेड–२०१८ मा समेत सहभागी हुनु भएको थियो ।
नेपाल र मित्रराष्ट्र बेलायतबीच सदिऔंदेखि सुमधुर सम्बन्ध रहिआएको छ । सुगौली सन्धिपश्चात नेपालीहरु बेलायती सेनामा भर्ना हुन थालेको परिपे्रक्ष्यमा यस प्रकारको परेड नेपालमा विगतदेखि नै भइरहेको र सो अवसरमा सहभागी हुन मित्रराष्ट्र बेलायतका मन्त्रीहरु लगायत उच्च पदस्थ पदाधिकारीहरु नेपाल आउने प्रचलन रहेको छ ।