हेटौँडा, २८ माघ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आज नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।

Advertisement

प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिनुभयो । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!