काठमाडौं, २५ माघ । आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गत नामिबियाको घरेलु मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।
नेपाललाई सुरुवातमै सफलता मिलेको छ । सोमपाल कामीले पहिलो ओभरमा नै एक विकेट लिएका छन् ।
तेश्रो ओभरको खेल जारी रहँदा नामिबिया एक विकेटको क्षतिमा १४ रनमा खेलिरहेको छ । नेपालका सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा एक रन जोडेका ओपनर लुइस भान डेर वेस्टच्युनलाई बोल्ड गरेका थिए ।