उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७४ साल माघ २५ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– अष्टमी, १३:२७ बजेउप्रान्त नवमी।

Advertisement
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पूर्वाह्नको समय फलदायी रहनेछ। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि प्रतिफल न्यून मात्र हातलागी हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। दिउँसोदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। तर, वादविवाद गर्ने बानीले अवसर गुम्न सक्छ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले उत्साह जगाउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अध्ययनमा समय दिन नसकिएला। समयको मागलाई ध्यान दिन नसक्दा पनि पछि परिनेछ। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यमा भने मौसमी समस्याले सताउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। दिउँसोदेखि परिस्थिति अलि असहज बन्न सक्छ। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ। आफन्त एवं साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। वादविवादबाट टाढा रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्गे लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रियजनसँगको भेटघाटले बिहानी रमाइलो रहनेछ। केही खर्च लागे पनि विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मध्याह्नदेखि परिस्थिति केही असहज बन्न सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। तापनि मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धेरै फाइदा उठाउन नसकिए पनि मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। दिउँसोदेखि काममा बाधा र फजुल खर्चको सम्भावना देखिन्छ। र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। खर्च लागे पनि मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा पनि मनग्गे लाभ हुनेछ। दिउँसोदेखि आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ। दिगो तथा पछि फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सुरुमा प्रतीक्षित नतिजा कमजोर देखिनाले थोरै फाइदा हुनेछ। अरूका लागि समय खर्चनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। भविष्यमा फाइदा हुने काम प्रारम्भ हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!