धरान, १९ माघ । मोफसलको सबै भन्दा पुराने गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुदैछ । शनिवारबाट हुने खेलका सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बताएका छ । आयोजकले धरान रंगशालामै पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो ।

Advertisement

विगतमा धरान १७ एन्फा एकाडढेमीको खेल मैदानमा हुदै आएको सो प्रतियोगिता रंगशाला निर्मााण सम्पन्न भएसंगै ६बर्ष पछाडि धरान १६ पुरानै रंगशालामा हुने आयाजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताउनुभयो ।

प्रतियोगितामा भारत र नेपालका ए डिभिजन क्लब सहित जम्मा ८ टिमले सहभागिता जनाउने उहाले जानकारी दिनुभयो । यो प्रतियोगित धरानलाई क्षेत्रीय रंगशाला बनाउने अभियानका रुपमा पनि आयोजना गर्न लागेको उहो बताउनुभयो । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले उद्घाटन गर्नु हुने सो खेलको पहिलो खेल नेपालका ए डिभिजन क्लब मनाङ्ग म्र्याङ्गदी क्लब र संकटा क्लबबी हुने आयोजनले जनाएको छ ।

प्रतियो्गितालाई अझ भव्य बनाउन यस पटक पुरस्कारको राशी समेत बढाइएको आयाजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ६ लाख, द्वितीय हुनेलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ भने उत्कुष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५, २५ हजार प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ थान यमाहा मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि ५३ लाख ४७ हजार लाग्ने अनुमाननित बजेट समेत क्लबले सार्वजनिक गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!