काठमाडाै‌, १९ माघ । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटघाट भएको छ ।

Advertisement

भेटपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले दुर्इ देशबीचको सम्बन्धलार्इ अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भएको बताए । दाहालले भने, “विदेशमन्त्री स्वराजले चुनावपछिको तयारी र नयाँ सरकार गठनका विषयमा जिज्ञासा राख्नुभयो र आगामी दिनमा राजनीतिक स्थायित्व र विकासमा भारतको भरपुर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”

भेटका क्रममा विदेशमन्त्री स्वराजले वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा औपचारिकरुपमा बधार्इ दिएको अध्यक्ष दाहालले जानकारी दिए । साथै नयाँ संविधानको मातहतमा तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी प्रकट गरेको छ । भेटका क्रममा अध्यक्ष दाहालले आफूहरु छिमेकी देशहरुसँग समान र मित्रवत सम्बन्ध राखेर अघि बढ्ने बताएको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!