इलाम, १९ माघ । भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो ।

अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका अदुवा व्यापारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

Advertisement

अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुलाउन दुवैले सरकारसँग माग गर्दै आएका थिए । निकासी खुल्ला भएपछि एक महिनादेखि लोड भएर बसेका दर्जनौँ ट्रक काँकडभिट्टातर्फ लागेको व्यापारी पौडेलले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!