काठमाडौं, १९ माघ । सामसङले ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा धेरै विशेषताहरु भएको भनिएको उक्त फोनको मूल्य बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ ।

Advertisement

यस ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी दुई सय ५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।यो सामसङको पहिलो डुअल क्यामरायुक्त स्मार्टफोन हो ।

यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन छ । कम्पनीका अनुसार ग्यालेक्सी ए८ प्लस फोनमा ठूलो स्क्रिन छ, जसको अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ ।

आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा १६ मेगापिक्सल तथा ८ मेगापिक्सलका क्यामरा छन् । यसमा एफ १.९ को डुअल क्यामरा, १६ मेगा पिक्सल एफ १.७ रियर क्यामरा लगायत थुप्रै विशेषता छ । साथै, यस फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीको विवरण प्राप्त गर्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!