काठमाडौं, १७ माघ । स्कुलबाट फुलचोकी हाइकिङ जाँदा गत बिहीबारदेखि हराइरहेका १७ वर्षीय जोन तामाङ बुधबार फेला परेका छन्। हाइकिङ गर्न गएकाले फेला पारेको प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिए । उनलाई उपचारका लागि आज साँझ बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement

उनलाई फुलचोकीबाट १० किलोमिटरको दूरीमा हाइकर्सले फेला पारेका थिए । ‘हामीले खोजी गरिरहेका थियौं, सबैको सहयोगले नै उनलाई फेला पार्न सम्भव भएको हो,’ डिएसपी सिलवालले भने।

बालकलाई प्रहरीले अभिभावकको जिम्मा लिएर उपचारका लागि ग्वार्काेस्थित बि एन्ड बी अस्पतालमा पठाएको डिएसपी सिलवालले जानकारी दिए। तामाङको अवस्था कमजोर रहेको र उनलाई उपचारको आवश्यकता देखिएकाले अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोनसहित ११ जना विद्यार्थी गत बिहीबार प्राचार्य दुर्गाबहादुर ओलीसँग हाइकिङ गएका थिए। हाइकिङबाट फर्कने क्रममा उनी हराएका थिए।

उनको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली खटिएको थियो। लामो समयसम्म पनि उनी फेला नपरेपछि आफन्त चिन्तित थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!