काठमाडौँ, १७ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज इरान प्रस्थान गर्नुभएको छ ।

इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलटिकल पार्टीजको सम्मेलनमा भाग लिन उहाँ आज त्यसतर्फ जानुभएको पार्टीका प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

Advertisement

इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते हुने उक्त सम्मेलनमा एसियाका ३०० भन्दाबढी राजनीतिक दल सहभागी हुँदैछन् ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राजनीतिक अवस्थाकाबारे सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउनु हुनेछ । उहाँ २२ गते स्वदेश फर्कनुहुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!