रासस

दोलखा, १६ माघ । बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ ।

भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पु¥याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो ।

Advertisement

बैतेश्वर गाउँपालिकाले सो सडक निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको हो । सो सडक तीन किलोमिटर लम्वाईको रहेको बैतेश्वर गाउँपालिका–७ का वडाध्यक्ष रेशम रिमालले बताउनुभयो ।

२०६६ सालमा यो सडक निर्माण कार्य शुरु गरिए पनि विभिन्न समयमा रोकिएकाले यसपटक गन्तव्यमा पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष डिल्लीनाथ रिमालले बताउनुभयो । पटक पटक गरी यो सडक निर्माणका लागि रु २७ लाख खर्च भएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले बैतेश्वर गाउँपालिका–७, मार्बु रिमालगाउँ सो सडकको उद्घाटन गर्दै यो सडकको निर्माणले भूकम्प पीडितको आवास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“बालुवा–गिट्टीको अभावका कारण भवन निर्माणमा समस्या झेलिरहेका भूकम्प पीडितका लागि यो ग्रामीण कृषि सडकले ठूलो सहयोग पु¥याउँछ, प्रदेशसभा सदस्य विशाल खड्काले भन्नुभयो – यहाँको बालुवा–गिट्टीले गौरिशंकर गाउँपालिका र बैत्यश्वर गाउँपालिकामा भवन निर्माणका लागि ठूलो सहयोग मिल्नेछ ।”

बैतेश्वर गाउँपालिका–७ ले प्रतिघनमिटर रु १४५ कर लिई बालुवा–गिट्टी–रोडा झिक्न दिने समेत वडाध्यक्ष रिमालले बताउनुभयो । यो ग्रामिण कृषि सडक भीमेश्वर नगरपालिका–२ सँग जोडिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!