काठमाडौं, १६ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् ।

Advertisement

भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ ।

भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् । भारतीय विदेश मन्त्रालयले साझा स्वार्थलगायत विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल हुने जनाएको छ ।

माघ १८ गते नेपाल आउन लागेकी स्वराज १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!