रासस

किभ, १३ माघ। किभको पुनरावेदन अदालतले जर्जियाका पूर्व राष्ट्रपति मिखाइल शाकासभिलीलाई रातिको समयमा नजरबन्दमा राख्न शुक्रबार आदेश दिएको छ । अदालतले शुक्रबार नै विज्ञप्तिमा जारी गरी सो जानकारी दिएको हो ।

Advertisement

अदालतले शाकासभिली हरेक राति १० देखि बिहान ७ बजेसम्म घरमै रहन आदेश दिएको छ ।

शाकासभिली युक्रेनी राजनीतिक पार्टीका नयाँ नेता हुनुहुन्छ । स्थानीय सञ्चार माध्यमहरुले उहाँलाई देश बाहिर र टेलिभिजनका कार्यक्रमहरुमा जान नदिनका लागि नजरबन्दको आदेश दिएको बताएका छन् ।

अघिल्लो महिना युक्रेनको प्रहरीले पनि उहाँलाई पक्राउ गरेर केही समयपछि छाडिदिएको थियो । उहाँलाई प्रहरीले आतङ्कवादी समूहसँग आबद्ध भएको र आतङ्कवादी गतिविधि गर्न सघाएको अभियोग लगाएको थियो ।

पचास वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति हुनुभएको थियो ।

उहाँले सन् २०१५ को मेमा युक्रेनको नागरिकता लिनुभएको थियो र आडेसा क्षेत्रको गभर्नर नियुक्त हुनुभएको थियो ।

गत वर्ष युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले शाकासभिलीको नागरिकता खारेज गरिदिनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!