Rabin Katel

मेष– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

वृष– तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। विगतको कामबाट भने लाभ हुनेछ ।

Advertisement

मिथुन– गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिएला ।

कर्कट– विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला ।

सिंह– सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कन्या– काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ ।

तुला– बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् ।

वृश्चिक– शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला ।

धनु– प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मकर– नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ ।

कुम्भ– पठन–पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्नसक्छन् ।

मीन– काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement