काठमाडौँ, ११ माघ। भाषा आयोगले लोपोन्मुख चेपाङ, कुसुन्डा, दुरालगायत २९ भाषाको संरक्षण गर्ने भएको छ ।

आयोगले केही मानिसले बोल्ने तर प्रचलनमा नरहेका यस्ता भाषा लोप हुने खतरा रहेकाले तीनलाई बचाउनका लागि काम प्रारम्भ गर्न लागेको हो । आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषालाई मानव सभ्यताको निधिका रुपमा लिनुपर्ने बताउँदै मुलुकभित्र प्रचलनमा रहेर पनि जनजीवनको बोलीचालीमा आउन नसकेका भाषाको खोजी र संरक्षण गर्ने नीति रहेको जानकारी दिनुभयो ।

Advertisement

सिमान्तकृत तथा पिछडिएका केही वर्ग तथा समुदायको भाषा र संस्कृतिमा अन्यको प्रभाव बढ्दै गएको छ । कुनै पनि भाषाको विकासक्रमको इतिहास हेर्दा लामो समयदेखि पूर्वजले कुनै प्रचलन तथा अभ्यासलाई आधार बनाएको पाइन्छ । संविधानको धारा २८७ अनुसार उक्त आयोग गठन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!