जितपुर कपिलवस्तु, १० माघ।  यहाँ एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन् । कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किनुभएका बानियाँ आजसम्म पनि घर नफर्केपछि आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

Advertisement

बानियाँको मानसिक सन्तुलन गुमेको र औषधिसमेत सेवन गर्ने गरेको उहाँकी श्रीमती आरतीले बताउनुभयो । खोजी गरिदिनका लागि परिवारले सबैसँग अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले खोजीकार्य जारी रहेको बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!