काठमाडौँ, १० माघ।  पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ ।

उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ ।

Advertisement

साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उहाँको भनाइ छ । आज काठमाडौँ उपत्यकाको तापक्रम ७.३ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको छ । आज काठमाडौँमा दुई मिलीमिटर वर्षा भएको छ । सबैभन्दा बढी डडेल्धुरामा १२ मिलीमिटर वर्षा भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!