रासस

दाभाओ सिटी, फिलिपिन्स, ८ माघ। दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा यहाँको कम्युनिष्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी पाँचको ज्यान गएको समाचार छ ।

मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँचजना गुरिल्ला परेका छन् ।

Advertisement

सोमबार बिहान सबेरै सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिणी फिलिपिन्सको कोटाबाटा प्रान्तमा सो भिडन्त भएको थियो । सो क्षेत्रमा उक्त विद्रोही समूहको बाक्लो उपस्थिति रहेको मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!