दाङ, ८ माघ।  घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरिद तथा निर्माण कार्यका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ ।

Advertisement

आफ्नै भवन नहँुदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो । जसअन्तर्गत वडा नं १ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि रु ६३ लाखको लागत अनुमान गरिएको छ ।

त्यसैगरी वडा नं ६ को कम्पाउण्ड पर्खाल निर्माणमा अपुग रु १३ लाख, वडा नं ७ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि रु ७३ लाख तथा वडा नं ८ को अधुरो भवन निर्माणसहित कम्पाण्ड पर्खालका लागि रु ४८ लाख खर्च हुने अनुमान गरिएको छ । केही वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह भइरहेको छ । आफ्नै वडा कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा समेत सहजता आउने उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

महिला उद्यमी संघको अध्यक्षमा थापा 

दाङ जिल्ला उद्योग वाणिज्य संघमा आबद्ध महिला उद्यमी संघको अध्यक्षमा विष्णु थापा निर्वाचित हुनुभएको छ । थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा केशरा पोख्रेल, सचिवमा जिवा भुसाल, सहसचिवमा मीना लम्साल र कोषाध्यक्षमा प्रभा वली रहनुभएको छ । समितिका अन्य सदस्यहरूमा तुलसा शाक्य, गोमा शर्मा, गोमा भुसाल र श्रृजना रावत रहनुभएको छ । सल्लाहकारमा विना खनाल रहनुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!