काठमाडौं, ८ माघ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष केपी ओलीबीच एक महिनापछि टेलिफोन संवाद भएको छ । प्रदेश सभाका सांसदको शपथग्रहणसँगै आइतबार मोदीले ओलीलाई टेलिफोन गरेका हुन् । ओलीलाई मोदीले ‘भावी प्रधानमन्त्री’का रूपमा शुभकामना दिँदै भारत स्वागत गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

Advertisement

‘प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा शुभकामना दिनुभएको छ । ओलीले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेपछि भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको मोदीले बताउनुभएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । ओलीले मोदीको प्रस्ताव स्विकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको अधिकारीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!