रासस

लस एन्जेलस, ७ माघ। अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।

शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको फक्स न्युज च्यानलले समाचार प्रसारण गरेको छ ।

Advertisement

दुर्घटनामा परी एकजना विमान चालक र अर्का सहचालकको मृत्यु भएको सो समाचारमा जनाइएको छ ।

पेन्टागनका सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेसन एस ब्राउनले भन्नुभयो, “घटनाका बारेमा अहिले अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक रुपमा हेर्दा हेलिकोप्टर दुर्घटनामा परेको पाइएको जनाएको छ ।”

नियमित प्रशिक्षण तालिकाअनुसार उडान भइरहेका बेला हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । घटनास्थल लस एन्जेलसदेखि २४० किलोमिटर टाढा पर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!