लहान, ७ माघ। सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार यादवले व्यक्तिगत लगानीमा सो वडाका चिसोबाट प्रभावित १०५ दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।

अत्यधिक चिसोका कारण मानवीय क्षति भइरहेको कुरालाई दृष्टिगत गरी वडाध्यक्ष यादवले अन्य निकायमा पहल थाले पनि प्रक्रियागत रुपमा आउन ढिला भइरहेकाले आफ्नै व्यक्तिगत लगानीमा विपन्न, गरिब, दलित, वृद्धवृद्धा तथा अपाङ्गतायुक्तलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । यसैगरी जिल्ला प्रहरी कार्यालयले पनि सिरहा नगरपालिका–१४ .का विपन्न परिवारलाई २२ थान कम्बल वितरण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!