पोखरा, ७ माघ।  ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ ।

पोखराको फुलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मेसाका अध्यक्ष पुनको सक्रियतामा विभिन्न देशमा रहेका सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो ।

Advertisement

एक वर्षअघि ब्लड क्यान्सर रोग लागेका मिगिनको उपचारका लागि यसअघि युनाइटेड क्लबले रु दुई लाख ५२ हजार सहयोग प्रदान गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!