लहान, ६ माघ । मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गर्नुभएको छ ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गर्नुभएको हो ।

विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!