काठमाडौँ, ५ माघ ।  नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका फोटो पत्रकार र क्यामरा पत्रकारलाई प्रवेश निषेध गरिएको भन्दै फोटो पत्रकार क्लब, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्लबका अध्यक्ष विकास कार्कीले आज प्रेस विज्ञप्ति जारी गरी समाचार संकलनका लागि शीतल निवास पुगेका फोटो पत्रकारलाई गेटमा रोकिनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

संविधान कार्यान्वयनको प्रमुख अंगका रुपमा रहेको प्रदेश प्रमुखको शपथमा निजी सञ्चार माध्यमलाई प्रवेश निषेध गरिनु संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रणमाथि हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!