काठमाडौँ, ५ माघ।  नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसद्लाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ ।

Advertisement

सरकारले यही माघ २४ गते बुधबारका दिन राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको व्यहोरा सबै सरोकारवालालाई स्मरण गराउँदै आयोगले सबै सरोकारवालासँग त्यस्तो अपिल गरेको हो ।

निर्वाचन आयोगमा प्रवक्ता एवं सहसचिव नवराज ढलकाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले सात वटा प्रदेशमा तत्काल कार्य सञ्चालनका लागि प्रदेश प्रमुखको कार्य सञ्चालन मुकाम तोकेपछि देशका कतिपय जिल्लामा राष्ट्रिय सभासदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्ने किसिमको वातावरण देखिएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

उहाँले यही माघ ७ गते सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशन गर्ने तथा माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेसमेत कार्यक्रम रहेको हुँदा विशेष गरी दाङ र डोटीमा असहज वातावरण देखिएकाप्रति ध्यानाकर्षण गराउनुभएको हो ।

प्रवक्ता ढकालले नेपाल सरकार, राजनीतिक दल, प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, आमसञ्चारकर्मी, नागरिक समुदायलाई अपिल गर्नुभएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!